सर्लाही, सर्लाहीमा पानीमा डुबेर दुई वर्षीया बालिकाको ज्यान गएको छ ।

मृत्यु हुनेमा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।

घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बालिका बेहोस भएकी थिइन्।

नमूना अस्पताल हरिवनमा उपचारका क्रममा बालिकाको मृत्यु भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।