कास्की – पोखरामा करेन्ट लागेर एक जनाको ज्यान गएकाे छ । पोखरा महानगरपालिका ५ पर्स्याङ खुडेपोखरी नजिक निमार्ण भइरहेको घरमा रङ्ग लगाउने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर सिन्धुली घर भइ अहिले पोखरा १७ घारीपाटन बस्दै आएका ४० वर्षीय कृष्णबहादुर रानामगरको ज्यान गएकाे कास्कीका निमित्त प्रहरी प्रमुख सुन्दर तिवारीले जानकारी दिनुभयाे । हाइटेन्सन विद्युत् लाइनकाे तारमा छोइन गइ दुई तले घरबाट खस्दा रानामगरकाे ज्यान गएकाे उहाँकाे भनाइ छ ।

रानामगरको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ