रोल्पा,
रोल्पाको जङ्गलमा बिहिबार सडेगलेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । रोल्पा नगरपालिका–९ होमिउन र दबाङ्ग गाउँपालिकाको सिमनामा पर्ने जङ्गलमा पहिचान हुन नसकेको पुरुषको शव फेला परेको हो ।

निकै विकट क्षेत्र भएकोले पाँच घण्टापछि मात्र शव सदरमुकाम ल्याइपुर्याइने रोल्पाका प्रहरी प्रमुख डिएसपी बिनोद घिमिरेले बताए । शव सडेगलेको भएकोले कपडाको आधारमा मात्र पहिचान हुन सक्ने उनको भनाइ छ ।