सुर्खेत।   सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहेलकुना अस्पतालमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

अस्पतालको बन्दै गरेको भवनमा करेन्ट लागेर गुर्भाकोट नगरपालिका–६ करेनीका विजयी विकको मृत्यु भएको हो।

करेन्ट लागेर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता तथा डीएसपी सुरज कार्कीले जानकारी दिए। घटनाको थप अनुसन्धानका लागि छिन्चुबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको उनले बताए।