जनकपुरधाम : धनुषाको लक्ष्मीनियाँ गाउँपालिकामा निर्वाचित भएको तिन महिना भएको हुँदापनि  गाउँपालिकाले निर्वाचित वडा अध्यक्षहरुलाई मोटरसाइकल जिम्मा लगाईएको छैन ।

निर्वाचित भए  गाउँपालिका अध्यक्ष भोगेन्द्र मिश्रले आफ्नो निजि सवारी बुझेरै हो की के बुझेको भन्ने लाग्दैन किन भने निर्वाचित भए लगतै अध्यक्ष मिश्रले गाउँपालिकाको गाडी प्रयोग गर्ने सुरु गरेका थिए ।

गाडीको विवाद बारे सोदपूछ गर्दा अध्यक्ष मिश्रले भने,’ म निर्वाचित भए पस्चात  गत ०७४ को चुनावमा निर्वाचित भएका वडा कार्यालयलाई जिम्मा  लगाउदा सचिवले बुझेको थिए त्यस पस्चात सचिवले वडा अध्यक्षहरुलाइ जिम्मा दिइएको थियो ।

एक एमालेका  वडा अध्यक्षले भने  वडा कार्यालयलाइ होइन अब निजि वडा अध्यक्षहरुलाई दिने निर्णय गरेको छ । त्यसकारण वडा अध्यक्षहरुले जिम्मा लिन मानिरहेका छैनन्, त्यसकारण हामीहरु समयमा पुग्न सक्दैनौ र आफ्नो काम ओफिसको हुँदा पनि काम हुन्सकिरहेको छैन् ।

त्यस्तै यस गाउँपालिकामा  वडा अध्यक्षहरु मध्ये नेकपा एमालेका पाँचवटा रहेका छन, त्यसकारण बहुमत एमालेको हुँदा एकआपसी सम्झौता नभएको कारणले यस्तो समस्या भएको हो । एक  जनता समाजवादी पार्टी  र एक नेपाली कांग्रेस रहेका छन् ।