जनकपुरधाम, आषाढ २८ गते। वालवालिकाहरुमा बढ्न थालेको बाथ मुटुरोग रोकथाम गर्न का बिधालयहरुमा इको स्क्रिनिङ स्कुल चिल्ड्रेन कार्यक्रमको शुभारम्भ गरिएको छ।
प्रदेश सांसद रामअशिष यादवको समन्वय प्रयास, नेपाल हर्ट फाउन्डेसन र इडवार्डस लाइफ साइन्स फाउन्डेसन को संयुक्त अायोजनामा जनकपुरधाम उपमहानगरपालिका वडा नं १७ कनकपटी स्थित श्री सरस्वती माध्यमिक विद्यालय पहिलो पटक आत्याधुनिक प्रविधि को माध्यम ले वालवालिकाहरुको इको स्क्रिनिङ गरि मुटुमा देखिएको समस्या पता लागेको कुरा सामाजिक कार्यकर्ता जामुना भुजेल जानकारी दिएका छन्।
अति लाभदायक इको स्क्रिनिङ कार्यक्रमबाट ६ सय जना भन्दा बढी बालबालिकाहरु को मुटु परिक्षण गरिएको कुरा विधालय का प्राधानाध्यापक सुनिल मल्लिकले जानकारी दिए का छन् ।
सो इको स्क्रिनिङ स्कुल चिल्ड्रेन कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाश रेग्मी सहित सहित १ दर्जन भन्दा बढी मुटुरोग विशेषज्ञ र वाल रोग विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेका छन्।
स्वस्थ जीवनशैली प्रबर्द्धनका लागि समाजसेवी चिकित्सकको प्रयास अति सराहनीय रहेको कुरा युवा समाजसेवी अम्भु प्रसाद साहले बताए का छन्।
सो कार्यक्रममा समाजसेवी जगदीश साह, सामाजिक कार्यकर्ता सुभद्रा अाले, बिधालयका प्राधानाध्यापक सुनिल मल्लिक, विद्यालय का शिक्षक र शिक्षिकाहरु सक्रियतामा इको स्क्रिनिङ स्कुल चिल्ड्रेन कार्यक्रम भएको हो।