सर्लाही,

विद्युत सर्ट सर्किट भइ सर्लाहीमा दुई तल्ले घरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ ।

मंगलबार दिउँसो करि १२ बजेको समयमा सर्लाहीको हरिवन नगरपालिका(२ पाकरगाछी बस्ने मनहरी मैनालीको काठको घरमा आगलागी हुँदा २० लाख ९५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

दुई तल्ले घरमा आगलागी हुँदा इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीबाट खटेको प्रहरी टोली, दमकल र स्थानियको सहयोगमा साढे १२ बजे नियन्त्रणमा आएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

उक्त आगलागीमा मानबिय चौपाया क्षति भएको छैन ।

आगलागीबाट घर, लत्ता कपडा, भाँडा बर्तन, फर्निचर, अन्नपात र नगद २ लाख जलेको सर्लाही प्रहरीले जनाएको छ ।