सप्तरी, 

सप्तरीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारका ५५ वर्षीय दिप नारायण मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

बुधबार राती ९ बजेको समयमा रुपनी ६ विरेन्द्र बजार स्थित पुर्व पश्चिम राजमार्गमा पश्विमबाट पुर्वतर्फ आउदै गरेको स ४ प १३३४ नम्बरको मोटरसाइकलले स्थानीय मेहतालाई ठक्कर दिएको थियो ।

घाइते भएका मेहतालाई तत्काल उपचारको लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याएकोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।