उमेश कुमार साह

बोदे बर्साईन । सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर १० खडगपुरमा आगो लागेर लाखौंको सम्पति जलेर नष्ट भएको छ ।

सप्तरीको बोदेबरसाईन नपाको वडा नं. १० खडगपुर बस्ने खगेन्द्र यादवको घरमा आगो लाग्दा घरमा रहेको गैस सिलिन्डर पडकीएर घरमा रहेका लाखौंको सम्पति डढेर नष्ट भएको हो ।

घरमा आगो लाग्दा सो निभाउन गाउँले घटना स्थलमा पुग्दा घरमा भएको २ थान सानो सिलिन्डर र १ थान ठूलो सिलिन्डर पडकिदा सोको प्रभावले तिन जना घाईते भएका छन् भने आगो उडेर छिमेकीमा रहेका पूर्व प्र.अ. विरजेन यादवको गहुँ भुसीघर स्थित परालको टालीमा आगो लागेर सो घर समेत टाली डढेर नष्ट भएको छ ।

गैस सिलिन्डर पडकिदा सोबाट घाईते हुेनहरु छिमेकी कारी दास, महेश यादव, धिरेन्द्र यादव रहेका छनभने खगेन्द्र यादवको घरमा रहेका चामल ८ क्विन्टल, धान २० क्विन्टल, चना १ क्विन्टल, तोरी ४० किलो, साईकल १ थान, सिलिन्डर ३ थान(सानो, ठुलो), १ लाख ५० हजार नगद, सुन ३तोला र चाँदी ३ किलो डढेर नष्ट भएको छ ।