अर्थ राज,

जनकपुरधाम ।धनुषाकाे लक्षमिनियाँ गाउँपालिका -७ मा अवस्थित रहेको  लक्ष्मीनियाँ माइ मन्दिर एतहिासिक देवि मन्दिर भन्दै देश्भरी नै प्रख्यात छन। मन्दरिको स्थापना संगै देविको  निकै महीमा  रहेको छ साथसाथै यहाँ को व्यवस्था र मन्दिर परिसर निकै नै भव्य रहेको छ।

यस मन्दिरका लागि समितिले समेत गठन गरि क्ल्ब दर्ता पनि भएको वर्ष बितीकै भयो तर अहिलेसम्म लक्ष्मीनियाँ माइ लायन्स क्लब तथा संरक्षण समितिले कुनै चासोका काम गरेका छैनन् भने स्थानीयले  गुनासो गरेका छन् ।

एक समयमा परसिरभत्रि अभद्र क्रयिाकलापले डराउने गर्थे तर पछि पछि खेल्कुद हुँदै गयो बाहिरका मान्छेहरु आए र जानकारीको आभाव र धर्म नमान्नेले यी क्रियाकलापलाइ जन्म दिएको देखिएकाे छ ।

हाल देख्दा पनि मन्दिर परसिरमा निकै फोहोर र गुटखा सेवन गरी थुक्ने जस्ता नगन्य वस्तुहरु फाल्ने क्रियाकलाप हुँदै गरेको छ।

वर्तमान रहेका समिति  तथा पदाधिकारी लगायत यहाँका जनसमुदायले आँखा नम्मी पारेको देखियाे आखिर सामुदायिक सम्पत्तीकाे रक्षा र व्यवस्थापनको जिम्मा कसले लिने हाे ।

साथै समितिले  काममा निकै नै अघिअघि बढेका छन कि यतिनै सिमा कायम गरेको भए समितिकाे आवश्यकता देखिदैन भन्ने एक स्थानीय विनाेद साहले जानकारी दिए।