जनकपुरधाम : यातायात व्यवस्था कार्यालय जनकपुरधाममा १२ वर्षदेखि एकजना कर्मचारी हल्लिएको छैन् ।

यातायात कार्यालयमा सवारी साधनको मूल्यांकन गर्ने कामको जिम्मे वारी पाए पनि राकेश यादवले सबै फाँटको ठेक्का लिने गरेको बताइन्छ ।

यातायात कार्यालयमा अवैध कार्य गराउन सक्रिय रहे का यादवले पछिल्लो समयमा प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रीलाई समे त प्रभावित पारेको बताइन्छ । नियमित रुपमा मन्त्रीजीको सेवा नगरी यातायातमा बस्न नपाइने उनी सगर्व बताउने गर्छन् ।

मधेश प्रदेश सरकारमा हाल नेपाली कांग्रेसका नेता रामसरोज यादव भौतिक पूर्वाधार तथा विकास मन्त्री छन् ।यस अघि लोकतान्त्रिक समाजवादी पार्टी( लोसपा)का नेता जितेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री रहेका थिए । तर राकेश यादव दुबै दलका नेता मन्त्री भएको बेला उतिकै ‘फिट’ दे खिएका छन् ।

यातायात कार्यालयबाट झण्डै पाँच सय स्मार्ट लाइसेन्स खेतमा फालिएको थियो । त्यो प्रकरणमा पनि यादवको संलग्नता रहेको बताइए पनि छानबिनको रिर्पोट भने सार्वजनिक गरिएन् । किसानहरुले धान काट्न गएको बेला खेतमा स्मार्ट कार्ड लाइसेन्स फेला पारेका थिए । यातायात मन्त्रालय र कार्यालयले त्यसको छानबिन गराउने भनेका थिए ।

यादवले मोटो रकम लेनदेन नगरी छानबिनको प्रक्रियालाई नै बन्द गराएका थिए । ‘खाउ र खुवाउ’ भन्ने मूलमन्त्र जपेको बताउने यादवले मन्त्रीलाई समेत कमाउ मान्छे चाहिएको खुल्ले आम बताउने गरेका छन् । एकजना सेवाग्राहीले भने, ‘यातायातमा राके श सरको दादागिरी छ ।’

उनले दाबी गरे अनुसार जनकपुरधामबाट आफैले नचाहे सम्म सरुवा गर्ने हैसियत कसैकोमा छैन् । यादवको कारण यातायात कार्यालय कुख्यात भएको कर्मचारीहरुले महसुस गरे पनि कार्यालय प्रमुख भन्दा शक्तिशाली रहेकाले कसैले छुन नसकेको बताउँछन् ।

यादवले कयौं पटक सेवाग्राहीहरुसित कुटाकुट समेत गरेका थिए । यादवको कारण कार्यालयमा दिनहुँ विवाद हुने गरेको कर्मचारीहरु बताउँछन् ।हुने काममा पनि सेवाग्राहीहरुलाई अनावश्यक दुख दिएर अवैध रुपमा रकम लिने गरेको उनीमाथिको आरोप पुरानै छ ।तर उनले कार्यालयमा केही ले खन्दासको माध्यमबाट रकम लिने गरेको बताइन्छ ।

यादव कर्मचारी युनियनको उपाध्यक्ष र धर्मराज पौडेल अध्यक्ष रहेका छन् । दुवै जनाले लेनदेनको आधारमा राजनीतिक तालमेल मिलाउने गरेको बताइएको छ ।जनकपुरटुडे