हरिपुर : प्रहरीले मंगलबार सर्लाहीको हरिपुरबाट ३०४ लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

यात्रुबाहक बसमा नवलपुरबाट मलंगवातर्फ जादै गरेको मदिरा इलाका प्रहरी कार्यालय हरिपुरबाट खटिएको प्रहरी टोलीले हरिपुर नगरपालिका–२ स्थित हरिपुर बजारबाट बरामद गरेको हो ।

मदिरा कस्को हो ? भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । नष्ट गरिएको इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए ।