उमेश कुमार साह,

सप्तरीको बोदे बर्साईन नगरपालिका — १० खडकपुरमा आगलागीमा सर्वस्व गुमाई बिच्चलीमा परेका एक अग्निपीडित परिवारलाई धर्मिहल्फा महिला विकास क्लव सप्तरीद्धारा राहत वितरण गरेको छ ।

क्लवका अध्यक्ष समाजसेवी ईन्जिनियर सूर्य नारायण यादवले मंगलबार खगेन्द्र प्रसाद यादवलाई घरमै पुगेर राहत बितरण गरेको हो ।

त्रिपाल,झुल,लत्ताकपडा र भाँडाकुडाँ लगायतका सामग्रीहरु अग्निपीडित परिवारलाई प्रदान गरिएको हो ।

राहत वितरण कार्यक्रममा नेपाली कांग्रेस नगर सभापति ई. दिपेन्द्र यादव, ईलका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक गंगाराम चौधरी, पत्रकार लोकेन्द्र प्रसाद यादव, उमेश साह, स्थानीय उपेन्द्र यादव लगायतका उपस्थिति रहेको थियो ।