जनकपुरधाम श्रावण ५ गते।

महगंगा आरती गंगासागर जनकपुरधामका प्रणेता प्रदेश सांसद रामअशिष यादवले जल पुजा गरेर भगवान लक्ष्मीनारायण आरतीको प्रथम वार्षिकोत्सव समारोहलाई शुभारम्भ गर्नुभएको छ।

महोत्तरी जिल्लाको मटिहानी स्थित लक्ष्मी सागरमा आयोजित भगवान लक्ष्मी नारायण आरतीको प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रदेश सांसद यादवले प्रकृति र संस्कृति संरक्षणको संगम भगवान लक्ष्मी नारायण आरतीले यस क्षेत्रमा समृद्धि र शान्ति हुने कुरा बताउनुभएको छ।

मटिहानी नगरपालिका का नगर प्रमुख हरिप्रसाद मंडलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मित्र राष्ट्र भारत बिहार का विधायक शुधान्सु शेखर सिंह, प्रदेश सांसद अभिराम शर्मा, जलेश्वर नगरपालिका का नगर सुरेश साह, मटिहानी मठ का मान महन्थ जगरनाथ दास सहित का वक्ता हरुले अारतीको महत्व विषयमा प्रकाश पार्नुभएको थियो।

सो कार्यक्रममा नेपाल भारत का हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहेको थियो।