जनकपुरधाम। जनकपुरधामको विश्वकर्मा चोकमा पनि लेभ्निङ इलेक्ट्रिक स्कूटरको शोरुम उद्घाटन गरिएको छ ।

मिस इन्टरनेसनल–२०१७ विजेता नीति शाह र जनकपुर उपमहानगरपालिकाका मेयर मनोज साह तथा बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले संयुक्त रुपमा शोरुमको उद्घाटन गरेका हुन् ।

नेपालमा लेभ्निङको आधिकारिक वितरक बज्र ग्रुप अन्तर्गतको ईभी मोटर्स अन्तर्गत जनकपुरको विक्रेता इन्द्रेणी अटोमोबाइल घोषणा भएको छ । योसँगै नेपालभर लेभ्निङका २५ वटा आधिकारिक विक्रेता पुगेका छन् ।

कार्यक्रममा मेयर मनोज साहले पेट्रोलको भाउ दिनदिनै बढिरहेको समयमा बिजुली बाइकले जनकपुरवासीलाई धेरै सहयोग पुग्ने बताए । पेट्रोलबाट चल्ने साधन किन्दा लाग्ने वार्षिक ९५ हजार सर्भिसिङ र पेट्रोल खर्च बचत हुनुका साथै वातावरण प्रदूषण कम हुने भएकाले बिजुली स्कूटर राम्रो मानिने बताए । साथै जनकपुरलाई इलेक्ट्रिक भेहिकल शहर भनेर घोषणा गरेको पनि बताए ।

सोही अवसरमा नीति शाहले नेपालमा भएको इलेक्ट्रिक स्कूटरमध्ये सबै भन्दा विश्वासिलो र भरपर्दो साथै सबै प्रोडक्ट रेन्ज भएको जर्मन कम्पनीको टेक्नोलोजी भएको स्कुटर भएकोले ढुक्कसँग प्रयोग गर्न सकिने बताइन् । त्यस्तै उनले पेट्रोलको महँगीको बेला इलेक्ट्रिक कम खर्चिलो साथै नेपालको बिजुली नेपालमै प्रयोग हुने र पेट्रोल किन्नु नपर्ने हुदा नेपाली पैसा बाहिरको देशमा नजाने कुरा बताइन् ।

बज्र ग्रुपका असिस्टेन्ट जनरल म्यानेजर एनके शरदले नेपालमा इलेक्ट्रिक भेइकल अभियन्ताको रुपमा बज्र ग्रुपले कार्य थालेको र त्यसै अनुसार जनकपुरमा शोरुम शुुभारम्भ गरिएको बताए । उनले आगामी दिनमा जनकपुरको सबै अस्तव्यस्त अवस्थालाई इलेक्ट्रिक भेइकलले समाधान गर्ने बताए ।

कार्यक्रमका सभापति इन्द्रेणी अटोमोबाइलका सञ्चालक रामनाथ साहले जनकपुर इलेक्ट्रिक सहर घोषणा भएको बताउदै लेभ्निङ ब्राण्ड किनेर सेवा गर्ने मौका दिन अनुरोध गरे ।