काठमाडौं । काठमाडौँबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौँतर्फ आइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो चितवनको इच्छाकामना–३ चुम्लिङटारमा बिहीबार साँझ करिब साढे ५ बजेतिर एक आपसमा ठोकिँदा  क्षतिग्रस्त भएको छ । उक्त सवारी साधन एक आपसमा ठोकिँदा घाइते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको छ भने १७ जना घाइते छन् ।