गत जेठ १४ गतेदेखि बे’पत्ता भएका एक बालकको अस्थि’पन्जर भेटिएको छ । जयपृथ्वी नगरपालिका–१ कैलास गाउँका मदेश शाहीका ९ वर्षीय छोरा धरेन शाहीको झण्डै २ महिना’पछि अस्थि’पञ्जर भेटिएको हो ।

‘हराएको लामो समयपछि अस्थि’पञ्जर भेटिएकाले के कारणले मृत्यु भएको हो खुल्न सकेको छैन । जंगली जनावरको आ’क्रमण हो वा अरु कुनै कारण हो हामी अनुसन्धानकै क्र’ममा छौ,’ उनले बालकको श’वको पोष्टमार्टम गरेर आफन्तलाई बुझाइसकेको बताए ।

गाइवस्तु चराउन जंगल गएका धरेन मष्टा गाउँपालिका–१ मा पर्ने घो’णकोटको जंगलबाट बे’पत्ता भएका थिए । उनको टाउको र हड्डी जयपृथ्वी नग’रपालिकामा पर्ने नौलावन भन्ने ठाउँमा भेटिएको हो ।

बालक बेपत्ता भएपछि स्था’नीय र प्रहरीले लामो समय खोजी गर्दा पनि भेटिएका थिएनन् । अस्थि’पञ्जरसँग रहेको उनको कपडाको आधारमा श’वको पहिचान गरिएको मृ’तकका आफन्त उत्तम’जंग सिंहले जानकारी दिए ।

घाँस काट्न गएका महि’लाहहरूले बालकको अस्थि’पञ्जर देखेपछि प्रह’रीलाई खबर गरेका थिए । बालकको के कारणले मृत्यु भएको भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ब’झाङका प्रवक्ता प्रहरी नि’रीक्षक जनक ढुङगानाले बताए ।
– कान्तिपुर बाट