सिरहा, साउन ।

सिरहा नगरपालिकाले एक सूचना जारी गर्दै एक हप्ता भित्र सडकको छेउमा रहेको सामग्री खाली गर्न अनुरोध गरेका छन ।

सिरहा नगरपालिकाको वडा न.१७ का वडामा रहेको सडकको दायाँबायाँ मापदण्ड भित्र रहेको घर,टहरा,रुख,विरुवा,गोबर,लकडी लगायत अन्य सामाग्रीहरु र घरपालुवा जनावर लगायत सडकमा आवातजावत गर्न बाधा पुर्याउने सम्पुर्ण सामग्रीहरु ७ दिन भित्र खाली गराउन अल्टिमेटम दिएको छ ।

सिरहा नगरपालिका वडा नं.१७ अन्तर्गत पर्ने सम्पुर्ण सडक व्यवस्थित र दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले सडक खाली गराउन लागेको वडा अध्यक्ष उमेशप्रसाद यादव बताए ।

बर्षौदेखि अव्यवस्थित रहेको सडकलाई व्यवस्थित गर्ने योजना मेरो प्राथमिकतामा रहेको वडा अध्यक्ष यादवले बताए ।