जनकपुरधाम – सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएको आरोप लगाउँदै जानकी मन्दिरका सहायक महन्त रामरोशन दासविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा उजुरी परेको छ । दासले सरकारी कागजात कीर्ते गरी नक्कली परिचयपत्र बनाएर मन्दिरको श्रीसम्पत्ति हिनामिना गरेको भन्दै उजुरी परेको हो ।

जनकपुरधाम उपमहानगरपालिका–२३ बस्ने वैजनाथ चौधरीले गुठी संस्थान प्रधान कार्यालय, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, गृह मन्त्रालय, जिल्ला प्रहरी कार्यालय र गुठी तथा तहशील कार्यालयलाई बोद्धार्थ गरी साउन ४ गते नै निवेदन दिएको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

उनले भने, ‘सहायक महन्थ दासले सरकारी कागजको रूपमा आफ्नो नाममा मन्दिरको उत्तराधिकारी महन्तको किर्ते परिचयपत्र बनाई गुठी संस्थानको पनि किर्ते छाप लगाएको निवेदनमा आरोप लगाइएको छ ।’ – फरकधार