नरेशचन्द्र बरबरिया,

सिरहा,साउन १८ गते । नागरिकता अभावमा वर्षौंदेखि लाखौं नागरिकले झेल्नुपरेको पीडा देखाउने नाटक ‘ढकियामे नागरिकता’ आज सिरहा पुस्तकालयमा प्रदर्शन हुदै छ ।

कलाकार सरिता साहद्वारा लिखित तथा निर्देशित नाटक काठमाडौं,रौतहट,राजविराजहुँदै आज सिरहामा प्रदर्शन हुनलागेको हो ।

सरिता फाउन्डेसन र आसमान नेपालको प्रस्तुतिमा रहेको
नाटक मैथिली र नेपाली भाषामा लेखिएको छ।

कानुनी जटिलता तथा मधेशका सीमा रक्षक रैथाने मधेशी भूमिपुत्रहरुलाई हेर्ने दृष्टिकोणको र गरिने व्यवहारले नागरिकता नपाउँदा खेप्नुपर्ने समस्या एवं पीडा सरल ढंगले यो नाटकमा देखाइएको छ।

त्यस्तै आमाको नामबाट नागरिकता र विदेशी छोरी बिहे गरेर आउँदा समयमै नागरिकता नदिने जटिलताले निम्त्याएको समस्याको पनि चित्रण गरिएको छ।

उक्त नाटक अब तराई मधेशका विभिन्न जिल्लामा मञ्चन गरिने लेखिका तथा निर्देशक सरिता साहले जानकारी दिईन ।

भोली (बिहिबार ) जनकपुरधामको उद्योग वाणिज्य संघमा
प्रदर्शन हुने कलाकार कृष्णा महतोले जानकारी दिए ।