जनकपुरधाम : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति घोषणा भइसकेको छ । सो अवस्थामा निर्वाचनको चर्चा पनि चुलिन थालेको छ । मधेश प्रदेशमामा पनि निर्वाचनको चर्चा सुरु भइसकेको छ । दलहरु निर्वाचनको एजेण्डा तय गर्न केन्द्रित भएका छन् भने संघ तथा प्रदेशको चुनाव मिति आजनै दलका नेताहरु उम्मेदवार बन्न आकांक्षा व्यक्त गर्दै आफ्नो तर्फबाट तयारीमा जुटिसकेका छन् ।

यसै सन्दर्भमा प्रदेशसभा निर्वाचनका लागि महोत्तरी  क्षेत्र नम्बर ३ ‘क’ लाई निकै चासोका साथ हेरिएको छ । यो क्षेत्रमा ‘हेभी वेट’ सहितका  उम्मेदवारबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

यी हुन् उम्मेदवार

महोत्तरी  क्षेत्र नम्बर ‘क’ बाट प्रदेश सभा सदस्यमा जसपाका युवा नेता  राहुल पाण्डेयको  उम्मेदवारी दिने  जसपाका   युवा नेता तथा समाजसेवी पाण्डेयको  चर्चा रहेको हुनाले यसका साथ उठ्न थालेका छन् ।

आगामी मंसिरमा हुने प्रदेश सभाको चुनावमा महोत्तरी  निर्वाचन  क्षेत्र नम्बर ३ ‘क’ बाट प्रथम महोत्तरीका युवा तथा झुझारु नेता पाण्डेय अग्रपङ्क्तिमा रहेर काम गरेका  आफ्नो गाउँ ठाउँको  मधेशी जनताको भावनालाई सधै बुलन्दका सात आवाज उठाउँदै आएका छन्।

स्थानीयहेरुको भनाइ अनुसार पाण्डेय  मधेश आन्दोलनको मूल मर्म बुझेको र मुद्दा प्रति समर्पित रहेको तथा जस्तो सुकै अवस्थामा समाज प्रति लागिरहने तथा  प्रस्ट क्ताको छबी रहेको हुँदा उनलाइ सहयोग गरिने पिपरा गाउँपालिकाका स्थानीय अंकित राउतले  बताए ।

वीकास को नाउमा भ्रस्टाचारी को बिग बिगी बढेको छ त्यसकारण पाण्डेय जस्तो युवा  नेता लाई जनताले पूर्ण सहयोग गरिने बिश्वास व्यक्त गरे ।

हाल क्षेत्र नम्बर ३  मा लाेसपाका प्रतिनिधि सभामा लोसपाका महन्थ ठाकुर  छन् भने प्रदेश सभामा लोसपाका अभिराम शर्मा  रहेका  छन् ।

प्रदेश सभा सदस्यको कामबाट जनताहरु सन्तुस्ट नरहेको जानकारहरु बताउछन् । यस सन्दर्भमा  पाण्डेयसंग कुरा गर्दा  भने जनताहरुको स्नेह प्राप्त हुँदैछ विभिन्न किसिमका प्रेसर समेत गाउँ गाउँबाट आईरहेको छ चुनाब लड्न यो मेरो जिवनको ठुलो सफलता हो तर पार्टीमा अहिले उम्मेदबारको टुंगो लाग्नसकेको छैन अवस्था छ पार्टीले टिकट दिए चुनाब लड्छु जनताको माया प्रेम मसंग असाध्य छ ।

निरन्तर जनताको सुख दुखमा साथ छु त्यसकारण प्रदेश भित्र भ्रस्टाचार शुन्य गर्न ,विकासको लहर ल्याउन ,विद्यालयको शैक्षिक स्तर सुधार,प्रदेश भरी वाइफाई जुन,स्वास्थको दयनीय अवस्थामा सुधार ल्याउन ,बेरोजगार युवा युवतीलाई रोजगारीको अवसर प्रदान गर्ने साेचका साथ अगाडि बढ्नेछु ।

यस क्षेत्रमा  पढाइ, स्वास्थ्य चौकीमा पर्याप्त दवाई, बालि नालीमा सिचाई ,कुनैकामको बारे जनता समक्ष राखेर सुनुवाई समेत गराउने र रोजगारीको वातारण बनाउन चुनाबमा जान्छु भन्ने एजेन्डा रहेको   पाण्डेयले बताए ।