सप्तरी। केही दिन देखि डाक्नेशवरी नगरपालिकाको उप मेयर र निजको श्रीमान भारतिय रहेको भनी सामाजिक संजालमा सामाचारको रुपमा आईरहेको छ।

उपमेयर मिरा यादवसंग अन्तर्वार्ता लिदा,उप मेयर यादवले समाचार तथ्य विहिन,षड्यन्त्र कारी र केही मिडियाहरु पनि एकतर्फी रुपमा सामाचार सम्प्रेषण गरेको बताएकी छन्।

उनी केही मानिस खास गरी निर्वाचनमा पराजितहरु र विपक्षीले आफू माथी षड्यन्त्र रचेको र आजको युगमा कम्प्युटर र इनटरनेट चलाउने जो कोहीले पनि, जसको पनि, जस्तोसुकेै प्रमाणपत्र बनाउन सकिने बताएको छ।

उप-मेयर मिरा यादवले भनिन म भारतिय नगरिक हु या नेपाली त्यो अनुसन्धानको विषय रहेको बताएकी छन्।

विभिन्न संचार माध्यम बाट पुष्टि नै नभएको सम्प्रेषण गरिएको समाचार प्रति उनले दुख:व्यक्त गरेकी छन् ।