जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्रीलाई बर्खास्त गर्न माग गर्दै लोकतान्त्रिक विद्यार्थी संघ मधेश प्रदेश समितिले सभामुखलाई ज्ञापनपत्र बुझाएको छ ।

मधेश प्रदेशसभाका सभामुख सरोज यादवलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालनिकट लोकतान्त्रिक विद्यार्थी युनियन मधेश प्रदेश समितिका अध्यक्ष मिथलेश यादवको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमबचाउ अन्तर्गत साइकल खरिदमा भएको अनियमितता प्रकरणमा मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी नैतिकताका आधार प्रदेशसभामा बस्ने अधिकार गुमाइसकेको ठहर विद्यार्थी युनियनको छ ।

विद्यार्थी युनियनका प्रदेश कमिटी अध्यक्ष मिथलेश यादव, केन्द्रीय विद्यार्थी नेता रोशन मिश्र तथा प्रदेश स्तरीय विद्यार्थी नेता त्रिदेव मिश्र, लोकतान्त्रिक विद्यार्थी संघ जिल्ला सचिव सिद्धार्थ चौधरी लोकतान्त्रिक युवा संघ जिल्ला अध्यक्ष प्रशान्त झा, जिल्ला विद्यार्थी नेता उमेश दास लगायतका जिल्ला स्तरीय युवा विद्यार्थी नेताको उपस्थितिमा मधेश सरकारको सभामुखलाई बुझाएको हो ।