जनकपुरधाम । नेकपा एमाले को जनवर्गीय संगठन राष्ट्रिय युवा संघ का युवा नेता अजय चौधरी राष्ट्रिय युवा संघ महोत्तरी जिल्ला को सह इन्चार्ज मा चयन भएका छन्  ।

राष्ट्रिय युवा संघ नेपाल ले श्रावण १४/१५ मा सम्पन्न गरेको दोश्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम पश्चात विषेस सर्कुलर बाट नेता चौधरी लाई महोत्तरी जिल्ला को सह-इन्चार्ज मा चयनित गरिएको छ ।

युवाहरुले ठाउँ पाउनु पर्ने माँग निरन्तर उठी रहेको माहौल मा आफुले यस्तो गरिमामय जिम्मेवारी पाएकोले नेता चौधरी ले खुशी व्यक्त गरेका छन् ।

हालै सम्पन्न भएको स्थानिय चुनावमा पार्टी र संगठन प्रति युवा को हैसियत ले जुन उत्तरदायी भुमिका निर्वाह गरेको थिए त्यसै अनुसार आउदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा को निर्वाचन मा पनि उत्साह का साथ संघर्ष गर्ने उनले बताएका छन् ।