महोत्तरी : महोत्तरीको रामगोपालपुर –८ मा रहेको  ग्रिन युथ एनजीओलाई  शनिबार एक कार्यक्रमकाबीच खेलकुद सामग्री प्रदान  गरिएको छ ।

क्लबले मंगलबार  आयोजना गरेको कार्यक्रममा पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री सरोज सिंह कुशवाहाले क्लबलाई फुटबल खेलका खेलकुद सामग्री हस्तान्तरण गरेका छन् ।

एक लाख  रुपैयाँ बराबरको खेलकुद सामग्री एनजीओ  प्रदान गरिएको अध्यक्ष विनोद मण्डलले  बताए ।

सो अवसरमा पूर्व मन्त्री कुशवाहाले खेलकुदका माध्यमबाट एउटा स्वास्थ समाज निर्माण गर्न सकिने भएकाले आफ्नो कोषबाट यस एनजीओ मार्फत युवाहरुलाई सहयोग गरेको बताउनु भयो  ।

एनजीओ मार्फत युवाहरूलाई प्राप्त भएका  सामग्री सहयोगको पार्दशी हिसाब राख्दै अघि बढ्दा सबैले पत्याउने र एउटा राम्रो युवाको भविष्य  उज्ज्वल बन्न सक्ने बताए ।

‘युवाहरुले  खेलकुदका माध्यमबाट एउटा स्वास्थ्य समाज निर्माण गर्नुका साथै खेल र खेलाडिको स्तर वृद्धि गर्दै जान सके अझ राम्रो हुन्थ्यो,’ कुशवाहाले जानकारी दिए ।

बिशिस्ट अतिथि जसपा कार्यकारीणी सदस्य रविन्द्र सिंह, जसपा पार्टी महोत्तरी  जिल्ला सदस्य सुरेश यादव, हरिशंकर मण्डल समाजसेवी, तथा यस वडाका अध्यक्ष रामनाथ सहनी  लगायतको उपस्थीती रहेको थियाे।