जनकपुरधाम, श्रावण २६ गते।  प्रदेश सांसद रामअशिष यादवले देव भाषा संस्कृत विश्वको प्रथम वैज्ञानिक भाषा रहेको कुरा बताउनुभएको छ।

देवभूमि जनकपुरधामको रत्नसागर स्थित जनक छात्रावास मा अयोजित प्रशिक्षण वर्ग कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद यादवले ज्ञान र विज्ञान विभिन्न अनुसन्धान को भाषा संस्कृतिलाई राज्यले संरक्षण गर्नुपर्ने अावश्यकता रहेको कुरामा जोड दिनुभयो।

जनक छात्रावास जनकपुरधाम का अध्यक्ष युवा समाजसेवी कृष्ण दिक्षित को अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल भारतीय बनवासी कल्याण आश्रम छात्रावास का प्रमुख एके श्रीधरण, जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङ सहित का वक्ता हरुले सनातन हिन्दू धर्म, संस्कृति, प्रकृति र देव भाषा संस्कृत को संरक्षण सम्बन्ध विचार व्यक्त गरेका छन्।

सो कार्यक्रममा जनजाति कल्याण आश्रम का मिलन भट्ट,जनक छात्रावास का संरक्षकहरु प्रा सत्यनारायण ठाकुर,प्रभु जालान,अंकेश्वर यादव,महागंगा आरती गंगासागरका कोषाध्यक्ष स्वच्छता अभियन्ता रवि गोयन्का, जनकपुरधाम उधोग वाणिज्य संघ का उपाध्यक्ष युवा समाजसेवी अम्भु प्रसाद साह सहितको विशेष उपस्थिति रहेका छन्।