महोत्तरी : महोत्तरीको रामगोपालपुर नगरपालिका-९ गोठबनौलीको कटैयामा कुटिको भवन र सामुदायिक धर्मसालाको उद्घाटन गरिएको छ ।

नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो । सामुदायिक भवनको नगर प्रमुख अतिथि पूर्व स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री डा. सुरेन्द्र कुमार यादव र विशिष्ट अतिथि पूर्व आन्तरिक मामिला तथा कानून राज्य मन्त्री सरोज कुमार सिंहले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

समुदघाटन कार्यक्रममा पूर्व राज्य मन्त्री कुश्वाहाले संविधान प्रदत अधिकारहरुको कार्यान्वयनमा संघ सरकार आनाकानी गरि रहेकोले त्यस्ता अधिकारहरुको कार्यान्वयनका लागि सबै राजनेतिक दल र जनताहरुलाई एक स्वरमा आवाज उठाउनु पर्नेमा जोड दिनु भयो ।

संघ सरकारले प्रदेशलाई विकास युनिट बनाउन खोजेको आरोप लगाउनु भयाे । संविधानले सुनिश्चित गरेको अधिकारहरु लिन संघ सरकार संग लडनु पर्ने आवश्यकता औल्याउनु भयो ।

संघ सरकारको संघीयता गतिविधि विरुद्ध बन्द कोठामा मात्र नभई सार्वजनिक रुपमै उठाउनु पर्नेमा जोड दिनु हुँदै पूर्व राज्य मन्त्री कुश्वाहाले भन्नु भयो,‘ साढे दुई वर्ष अघि नै पारित भै सकेको प्रहरी ऐन कार्यान्वयन नगर्नु भनेको के हो ? संघीयता विरोधी कदम होइन र ? ।

उहाँले भन्नु भयोे,‘ हामी सबै एकजुट भयौ भन्ने शान्ति सुरक्षा लगायतका अधिकारहरु छिट्टै प्राप्त गर्न सक्छौ ।साझा अधिकारका सूचि भित्रका विषयमा ऐन कानून बनाउदा समेत संघ सरकारले प्रदेश सरकारहरुलाई वाइपास गर्दै आएको जिकिर गर्नु हुँदै उहाँले भूमि व्यवस्था सम्बन्धी प्रदेशको एकल अधिकारलाई समेत संघ सरकारले विभिन्न जालझेल गर्दै आफनै मातहत राख्न चाहेको दावी गर्नु भयो ।

उहाँले भन्नु,भन्नू भाे संविधानले भूमि सम्बन्धि अधिकार प्रदेशलाई दिएको छ । संघ सरकारका बेइमानीका कारण प्रदेश सरकारलाई धर्नामा बस्नुपरेका छन ।

सो कार्यक्रममा नगर प्रमुख रामदुलार साह र उपप्रमुख रुणा देवी यादव, संघीय परिषद् सदस्य दीपक झा ॅगुडु’, जिल्ला कार्यकारिनी सदस्य रविन्द्र सिंह लगायतको उपस्थिति रहेको थियो।