जनकपुरधाम,साउन ३० गते । राष्ट्रपति विद्याया देवी भण्डारीले नागरिकता विधेयक फिर्ता गरेपछि यसको विरोध बढ्दै गएको छ ।

नेपालको विभिन्न स्थानमा राष्ट्रपतिको नागरिकता विधेयक फिर्ताको कदम चलेको विरोध भइरहेको समयमा अमेरिकामा रहेका तराई मूलूकका नेपालीहरुको संगठन एन्टा( एसोसिएसन अफ नेपाली तराईयन अफ अमेरिका )ले समेत विरोध गरेका छन् ।

एन्टाका अन्तराष्ट्रिय उपाध्यक्ष विजय कुमार चौधरीले राष्ट्रपति विद्याया देवी भण्डारीद्वारा नागरिकता विधेयक फिर्ता निणर्यले चौधरी लगायत लाखौं प्रवासी नेपाली दुखित बनेको बताए ।

चौधरीले नागरिकता बिधेयकमा नेपाल बारे आफूलाई स्पष्ट जानकारी रहेकोले नै प्रवासी नेपाली र तराई मधेशीको लागि अति आवस्यक थियो भने बर्षोंदेखिको माग पूरा हुनेमा बिश्वस्त नै रहेको बताए ।

उनले राष्ट्रपती यो कदम दुर्भाग्यपूणर् कदम रहेको जनाउदै पुनः प्रवासी नेपालीले दोहोरो नागरिकताबाट बञ्चित मधेशी नागरीकले छिट्टै रित पूर्वकको नागरिकता पाउनेमा आफू बिश्वस्त रहेको कुरा बताउनु भयो ।