सप्तरी- सप्तरीमा एक यूवाले आत्महत्या गरेका छन् ।

बोदे बर्साईन नगरपालिका वडा नम्बर ९ देउरी निवासी १५ वर्षिय अमरेन्द्र कुमार यादवले हात्महत्या गरेका छन ।

बिहान ५ बजेतिर आफ्नै घरदेखी पुर्वमा रहेको रामजानकी मन्दिरको अगाडिमा रहेको रामजानकी भान्साघरमा झुण्डिएर यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

गम्छा घाँटीमा लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव पोष्टमार्टमका लागि लहान अस्पताल पु-याई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।