सिरहा भदौ २ गते ।

सिरहाको खिरौना चोक नजिक आलुबाला गाडीले साईकलमा ठक्कर दिदा माडरका मो.राजिम आलम घाइते भएका छन ।

आलमको ठाउकोमा चोटलागेको छ भने खुट्टा लागयत शरीरको विभिन्न भागमा चोटपटक लागेको छ ।

सिरहाबाट माडर तर्फ आउदै गरेको आलु बोक्ने ईन्डियन मोटरसाइकल न त्यसमा नम्बर प्लेट देखिन्छ ? न त लाईट राम्रो संग बल्छ ।

बुधबार करिव ८ बजे रातीको समयमा सिरहा बाट साईकल यात्रु आफनै साईडमा हुदाहुँदै पछाडि बाट ईन्डियन प्लेट मोटरसाइकलले साईकलमा ठक्कर दिएर भागे उनी भारतको बेतौन्हा बाट मोटरसाइकलमा ३ बटा आलु,प्याजको बोरा मोटरसाइकलमा लोड गरेर लहान,चोहर्वा,मिर्चैया सम्म पुगाउने गर्दछ त्यति मात्र कहाँ हो र तिनिहरुको मोटरसाइकल हाई स्पिडमा कुदाउछ्न ।

कति बेला कसलाई ठोकिने हो भन्ने थाहा हुदैन । भारत बाट दैनिक जसो आलु,प्याज ओसारपसार गर्ने थोत्रो मोटरसाइकललाई कसैले चेकजाँच गर्दैन उनी सहजै लाहन सम्म पुग्ने गर्छन् ।

खासगरी ईन्डियन मोटरसाइकलमा ढुवानी हुन्छ नत उनीहरु संग गाडीको भन्सार हुन्छ नत कतै चेकजाँच यसले कतै न कतै प्रहरी प्रशासन प्रती प्रश्न उठछन ? रातीको घटना एक प्रतिनिधि घटमा मात्र हुन घाईते आलम माडर मिल्न चौक निवासी हुन ।

मोटर चालक भागे पछि माडर चौकीलाई जानकारी गराएपछी ५ मिनेट भित्र सय साहेव घटना स्थलमा पुगेपछि माडरको एक मेडिकलमा घाइतेको उपचार पछि आफ्नो घर फर्के ।