जनकपुरधाम ,भदौ ३ गते।

द्वापर युगका महानायक भगवान श्रीकृष्ण जन्मोत्सव को अवसरमा शहिदनगर नगरपालिकाको नन्नुपटी स्थित राधाकृष्ण मन्दिरमा प्राणप्रतिष्ठा पुजन गरिएको छ।

प्रदेश सांसद रामअशिष यादवको संसदीय कोषबाट नवनिर्मित राधाकृष्ण मन्दिरमा वैदिक परम्परा अनुसार भगवान कृष्ण र भगवती राधालाई पंचांग्रित,शहद,गंगाजल,दूध,दहिले स्नान गराई प्राणप्रतिष्ठा गरिएको छ।

प्रदेश सांसद रामअशिष यादव ,निवर्तमान वडा अध्यक्ष कन्हैया मुखिया ,वडा अध्यक्ष रमेश मुखिया ,समाजसेवी बेचन साह, जनकपुरधाम उधोग बाणिज्य संघका उपाध्यक्ष अम्भु प्रसाद साह,समाजसेवी जागेश्व यादव,युगल किसोर तिवारी,मनिष गुप्ता ,उमेश साह सहित स्थानीयबासीहरुले संयुक्तरूपमा विशेष पुजा गरेका छन।

यसैगरी श्रीकृष्ण जन्मोत्सव को अवसरमा श्री राधाकृष्ण मन्दिर अागाडि रहेको वडा कार्यालय परिसरमा पर्यावरण संरक्षण को सन्देश दिदै वृक्षारोपन पनि गरिएको छ।