
महोत्तरी । मधेश प्रदेशस्थित महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित प्रहरीको रोहबरमा प्रतिबन्धीत ओरकेष्ट्रा (केटी नाच) नचाइएको छ ।
जलेश्वर नगरपालिका वडा नम्बर ५ पर्सा,पतैली चोक स्थित रहेको माध्यमिक विद्यालयमै ओरकेष्ट्रा नचाएको भिडियोहरु सार्वजनिक भएको छ ।


विद्यालय प्राँगनभित्र कृष्णष्ट्मी मेलामा आयोजना गरिदै आएको ओरकेष्ट्रामा जनप्रतिनीधिहरुले पैसा लगाएका छन् । महोत्तरीमा प्रतिवन्ध रहेको केटी नाच अर्थात ओरकेष्ट्रामा अश्लिल गीतहरुमाथी जनप्रतिनीधिहरु नाच्दै गरेको देखिए ।
प्रहरी चौकी पर्सा,पतैलिका असईसहित का टोलि एवम् ईन्चार्ज राम लगन दासआफैँ रोहबरमा बसेर महोत्तरी प्रशासनले प्रतिबन्ध गरेको ओरकेष्ट्रा नचाएका छन् ।
प्रहरीले हुने अश्लिल ओरकेष्ट्रा नियन्त्रण भन्दा पनि नचाउनको लागि आफैँ उपस्थित भएर हेर्न थालेपछि प्रहरीमाथिको विश्वास समेत गुमेको छ । प्रहरी ईन्चार्ज आफैँ बसेर ओरकेष्ट्रामा सरिक भए ।
विद्यालय जस्तो क्षेत्रमा ओरकेष्ट्रा नचाउनको लागि वडा नं. ५ का वडाध्यक्ष कृष्ण मोहन शर्मा ले चन्दा सहयोग गरेका छन् । जलेश्वर नगरपालिका का मेयर सुरेश सोनार ले समेत ओरकेष्ट्रा नचाउन आर्थिक सहयोग गरेको बुझिएको छ ।
ओरकेष्ट्रामा चलाएको अति अश्लिल मानिएको “लहँगा उठेबे त छौडी देबौ ५००” भन्ने बोलको गीतमा जनप्रतिनीधिहरु झुमेको देखिए । यस्ता कार्यक्रम महोत्तरी प्रशासनले प्रतिबन्ध लगाएको छ भने गुनासोको आधारमा नियन्त्रणको प्रयास जारी छ ।
सार्वजनिक जनप्रतिनिधि को यो रवैया हेरेर जनता आजिज भएको छ। सरकार को निर्देशन र समाजिक इज्जत को ख्याल पनि न गर्ने कस्तो राजनिती उन्माद हो यो ? जनता ले प्रश्न गर्न थालेछ्न।