जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका -६ हठीपुरमा विभिन्न पार्टी परित्याग करीब ५० भन्दाबढी  नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेकपा एमाले कार्यकर्ता भेटघाट कार्यक्रममा केन्द्रिय सदस्य संजीव झा तथा प्रदेश सदस्य तथा विदेह न.पा प्रमुख बेचन दासले अबिर माला लगाएर स्वागत गरेका थिए ।

कार्यक्रम लाई सम्बोधन गर्दै नेता झाले कमियूनिस्टको लाल किला भनिएको यस ठाउँमा सबै एकजुट भए पार्टी अझ मजबुत बन्ने दाबि गरे।उनले अब को चुनावमा सूर्य छाप वाहक उमेदवार लाई जिताउन एक जुटभएर लाग्नु पर्ने बताए।

नगर प्रमुख दासले दलित समुदाय को भविष्य मात्र एमाले निर्माण गर्नसक्ने अरु पार्टीले दलितलाई सोसन मात्र गरेको बताए ।
कार्यक्रममा नेकपा एमाले नगर अध्यक्ष लखन दास, औरही गाउँ पालिका अध्यक्ष उमाशंकर साह, जिल्ला सदस्य लखन दास सुरेश ठाकुर, सदस्य गोपाल मुखिया लगायतका नेता को उपस्थिति थियो।