जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई मुख्यमन्त्री पदबाट राजीनामा दिन पार्टीले दबाव दिएको छ।

उनीमाथि मधेश प्रदेसको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रममा बालिकाहरूलाई बाँड्नका साइकल खरिदमा भ्रष्टाचार गरेको आरोप छ।

स्रोतका अनुसार पार्टीका अध्यक्ष उपेन्द्र यादवले उनलाई केही दिनअघि देखि नै पदबाट राजीनामा दिन दबाव दिएका हुन्। त्यही भ्रष्टाचारमा मुछिएको भन्दै उनको आलोचना हुन थालेपछि पार्टीले पदबाट राजीनामा दिन भनेको हो।

सम्भवत: उनले केही दिनभित्रै राजीनामा दिनेछन्। स्रोतका अनुसार उनिपछि अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई मुख्यमन्त्री बनाउन पार्टीले तयारी गरेको छ।

यसअघि नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका तत्कालीन सचिव यमप्रसाद भुसाल, उपसचिव दिलिप प्रधानसहित १० कर्मचारी र एक साइकल आपूर्तिकतालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा हालिसकेको छ।

अख्तियारले १० जना कर्मचारीविरूद्ध १० करोड ३३ लाख रूपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरेको छ।

यो प्रकरणमा मुख्यमन्त्री राउत पनि जिम्मेवार रहेको भन्दै यसअघि देखि नै उनको आलोचना भइरहेको छ।-आयोमेल