महोत्तरी। महोत्तरी भंगहा निवासी युवा नेता मनोज कुमार गुप्ता वाई.सि.एल नेपाल को केन्द्रीय सदस्य मा चयन भएका छन ।

नेकपा माओवादी केंद्र को सहायक संगठन वाई.सि.एल का नेता मनोज कुमार गुप्ता लाई भदौ ३/४ मा संगठन ले आयोजना गरेको दोश्रो राष्ट्रिय भेला समापन पश्चात संग़ठन को निर्णय बाट नेता गुप्ता लाई केन्द्रीय सदस्य मा चयन गरेको छ ।

नगरस्तर बाट राजनिति को शुरुवात गरेका नेता गुप्ता ले केन्द्रिय सदस्य मा चयन भएकोमा आफुलाई खुशी महसुस हुन साथ काँध मा थप नया जिम्मेवारी आएकोले गौरव को अनुभुति भईरहेको बताएका छन ।

नगर देखी जिल्ला,प्रदेश र अब केन्द्रिय स्तर समम् पुग्ने यात्रा मा सहयोग गर्ने सबैलाई आभार प्रकट गर्दै नेता गुप्ता ले पार्टी र संगठन प्रति सदैव निष्ठा र ईमानदारी का साथ कार्य गर्ने बताएका छन । समाज को हक़-हित र न्याय का लागी सदैव अडिग रहि अन्याय विरुद्ध आवाज उठाउने आफ्नो मुख्य उद्देश्य रहेको जिकिर गरेका नेता गुप्ताले मिटरब्याजी बाट पीड़ित भएका वयक्तिहरुको लागी पनि आवाज उठाउदै आइरहेको उनले बताए छन ।

असामाजिक क्रियाकलाप गर्ने विरुद्ध निसंकोच दृढ़ता पुर्वक अवाज उठाउन सदैव सक्रिय रहने र आफुले १० वर्ष को राजनीतिक यात्रा मा आर्जन गरेको शीप र ज्ञान ले समाजिक रूपांतरण का लागी कार्य गर्ने लक्ष्य रहेको नेता गुप्ताले बताएका छन ।