सुरेन्द्रराज पराजुली,

चितवन । केहि दिन अघि मैले मेरा पूरानो साथि किरण केसिले काठमाडौंमा संघीय चुनावमा उम्मेदवारी दिने बारे पोस्ट र समाचार आएको थियो ।

उक्त कुराले मलाइ उति आश्चर्यमा पारेन । बरु एक प्रकारको खुशी लाग्यो । आश्चर्यमा नपर्नुको कारण छ ।
मलाई सम्झना छ बेंगलोर भिटी युनिभर्सिटीमा मेकानिकल पढ्दै गर्दा हामी नेपालमा भैरहेको उथलपुथल बारे रातभरी चिन्तन मनन् गर्थ्यौं ।

धेरैले इन्जिनियर भनेको टेक्निकल विषय हो भन्छन । हामी इन्जिनियर टेक्निकल त हुदै हो तर सैद्दान्तिक पनि हुदै हो ।
बरु भन्ने नै हो भने इन्जिनियर ब्याकग्राउण्डको मान्छेले अर्को पेशामा गएर राम्रो गरेको रेकर्डहरु धेरै छ । इन्टरडिसिप्लिनरी विधामा इन्जियरिंगको सक्सेस रेट हाइ छ । अर्कोतिर बेंगलोरको अत्याधुनिक विकास देखेर हामी चकित पर्थ्यों र नेपाल यतिको बन्न कति वर्ष लाग्ला भन्दै कल्पना गर्थ्यौं ।

यसरी छलफल गर्नेमा किरण केसी अलि बढ्ता जम्ने गर्थे । उनि घुमाइ फिराइ कुराहरु राजनीतिमा जोड्थे । त्यतिबेलै मैले उनमा राजनीतिक महत्वाकांक्षा रहेको भापिसकेको थिए । विदितै छ कि बेंगलोर भारतमै र विश्वभरमै प्रसिद्ध एजुकेसन हब हो । तेहाँका अब्बल कलेजका हरेक स्टुडेन्टलाइ विधा अनुसार कुन कम्पनीको हेड बन्ने हो तोकेरै भनिन्थ्यो ।

हामी घर बाट पैसा मागेर चलिरहेको फि तिरिरहेकालाइ उनि अनौठो उदाहरण थिए । किरण केसी संग म रुम नै सेयर गर्न परेको र मेकानिकल इन्जिनियर नै पढीरहेकोले लामो संगत गर्न पाएँ । किरण केसी बेंगलोर र नेपालको तुलना गरेर नेपाललाई बेंगलोर जस्तो छोटो समयमै बनाउन सकिन्छ भन्ने योजना सुनाउथे । हाम्रो पढाइ सकियो र हामी छुट्टियौं ।

तर नेपालमै एकाध पटक भेट भयो । मैले उनीमा रहेको देश बदल्ने र देश बनाउने हुटहुटि झन बढेको देखे । हाम्रो ब्याचका अधिकांश अहिले विदेशमै जमेर बसेका छन । तर किरण केसी नेपाल आउन हतार गरिरहेको खबरले खुसि तुल्यायो ।

हुनत किरण केसीलाइ एउटा राजनीतिक दलमा २-३ करोड बुझाएर चाहेको पद खान कुनै गारो छैन ।
अहिलेको राजनीतिमा यो सजिलो पनि छ । तर किरण केसिले यो सजिलो बाटो नरोजी चुनाव नै लड्ने अफ्ट्यारो बाटो रोजेकोमा म खुसि छु । किरणको सानै देखिको मेहनत गर्ने बानि र कामको जिम्मा लिएपछि दायाँबायाँ नगर्ने , काम फत्ते गरे पछी मात्र खुसि हुने उनको बानि मलाइ निकै मन पर्छ ।

हुन पनि नेपाल किरण केसिले भने झैं भ्रस्टाचारको जालोमा बेस्सरी झाँगिएको छ । बेथिति अकल्पनीय छ । हरेक युवा निरास छ । व्यापार व्यवसाय चौपट छ । मात्र छ त राजनीति अनि राजनीति । मेरो पनि यहि निस्कर्ष हो कि राजनीतिले नै यो देश बिग्रेको हो । राजनीतिले नै हामी गरिव भएका हौँ । अहिलेका नेताहरुलाई हराइयो भने मात्रै पनि हामीले आधा समस्याको हल गर्न सक्छौं ।

तर यो देश बिग्रिएर यस्तो अवस्थामा पुगीसकेको छ कि जहाँ मात्रै राजनीति सुध्रेर पुग्दैन । देश युवाको हातमा जानै पर्छ , युवाको भिजनमा हिड्नै पर्छ । अहिलेका स्थापित नेताहरु आफ्नो युवाकालमा वास्तवमै परिवर्तनकारी थिए , उनीहरुले यो देशलाई अगाडी लागेकै हो । तर आज उनीहरुमा क्षमता छैन । उनीहरु आउटडेटेड भैसके । अबको जमानामा एउटा सांसद असल इमान्दार भएर मात्र पुग्दैन । धेरै भयो राजनीतिक खिचातानी । अब किरण केसी जस्तो म्यान अफ एक्सन चाहिएको छ देशलाई ।

हाम्रो ब्याचका सम्पूणर् मेरा साथिहरु र किरण केसीका साथीहरुलाई हार्दिक अपिल गर्दछु कि जसरी हुन्छ किरण केसीलाई जिताउन लागौं , सफल बनाउन लागौं । मलाइ युवामा विश्वास छ , मलाइ किरण केसीमा विश्वास छ । किरण केसी आउ काठमाडौं बनाउ ।