जनकपुरधाम, भदौ १२ गते ।

मिथि फाउण्डेशन, मिथिला संस्कृति समाज नेपाल र जनकपुर रेल्वे ट्रेक क्षेत्र साप्ताहिक सरसफाई अभियानको संयुक्त  आयोजनामा जनकपुरधाममा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडक्रस सोसाइटी जनकपुरधामको सहयोगमा जनकचोकमा शनिबार आयोजित रक्तदान कार्यमा ४५ जनाले रक्तदान गरेको मिथि फाउण्डेशनकी अध्यक्ष रुवी झाले जानकारी दिइन् ।

‘रक्तदान जीवन दान’ मूल नाराको साथ भएको सो कार्यक्रममा रक्तदान गर्नेहरुलाई सम्मानपत्र समेत वितरण गरिएको थियो ।

कार्यक्रममा मधेश प्रदेश सांसद प्रमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरे लगायतको विशेष उपस्थिति रहेको थियो ।