महोत्तरी ।जसपाको क्षेत्र नं. ३ को क्षेत्रिय समितिले प्रदेश सभा सदस्यको लागि युवा नेता राहुल पाण्डेयको  नाम प्रस्तावित गरीएको छ ।

क्षेत्रिय समितिको बैठकमा सवैले उनलाई नै समर्थन गरेपछि  उनको नाम प्रस्तावित भएको छ । प्रभावशाली नेताको रुपमा परिचित पुर्वमन्त्री यादव जसपा भित्र र जनतामा समेत मजबुत पकड भएको नेताको रुपमा परिचित छन ।

यता, आइतबार बसेको साेही बैठकले ३ क मा ५ जना र ३ ख मा ९ जनाको प्रदेश सभा सदस्यको लागि नाम प्रस्तावित गरिएको छ ।

त्यस्तै, सुशिल झा,मिनु झा,मोजिम राइनको  नाम प्रस्तावित गरिएको छ भने ३ ख बाट श्याम यादव,कृष्ण शंकर साह,हरिनारायण मण्डल,राम नरेश यादव,सविता यादव,दरेश यादव,दीपेन्द्र यादव,शुशिल शर्मा र सर्वेश झाको नाम प्रस्तावित गरिएको  हो ।

यता समानुपातिक प्रतिनिधि सभा सदस्यको लागि कुनै नाम नआए पनि प्रदेश सभाको लागि पाच पाच जनाको नाम सिफारिस भएको हाे ।

क्षेत्रिय समितिले सिफारिस गरेको नामावली जिल्लामा पठाइने र जिल्लाबाट प्रदेश,राजनितिक समिति,संसदिय वोड हुँदै उक्त सुचि अन्तिम नामका साथ टिकटको लागि कार्यकारिणी समितिमा जानेछ ।

प्रतिक्रिया!!

सम्बन्धित खबर