जनकपुरधामको रामानन्दचोकस्थित नैना हस्पिटलको लापरबाहीका कारण एक नवजात शिशुको जन्मिएको दोस्रो दिनमै मृत्यु भएको छ ।

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–३ त्रिभुवननगर बस्ने रवीन्द्र साहकी पत्नी चञ्चला देवीलाई प्रशव पीडा हुँदा परिवारले उनलाई उपचारका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा ल्याए ।

प्रादेशिक अस्पतालमा कार्यरत डा. अभय मण्डलले अपरेशन गरी उनको पेटबाट बच्चा निकाले ।

शिशु जन्मिएपछि गम्भीर अवस्थामा रहेको र उसलाई एनआइसियूमा राखेर उपचार गर्नुपर्ने भन्दै प्रादेशिक अस्पतालको एनआइसियू खाली नरहेको शिशुका बुबा रवीन्द्रलाई डा. मण्डलले जानकारी गराए ।

उनले भने, ‘डा. मण्डलले शिशुलाई रामानन्दचोकस्थित डा. बृजमोहन रजकले सञ्चालन गरेको नैना हस्पिटलमा लगेर एनआइसियूमा राखेर उपचार गर्नुपर्छ भने ।

त्यसपछि शिशुलाई सोही दिन नैना हस्पिटलमा लगेर उपचार सुरु गरियो । तर, बुधबार दिउँसो एक्कासि शिशुको मृत्यु भयो भन्दै अस्पतालले हामीलाई जानकारी गरायो ।’