नरेशचन्द्र बरबरिया

सिरहा ।  भदौ १७ गते ।नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर ३ क्षेत्रिय कार्यसमितिको बैठक बाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रत्येक्षमा निर्बतमान कोषाध्यक्ष सीता देवी यादव , युवा नेता डा.सुभाष चन्द्र यादव समानुपातिक तर्फ महासमिति सदस्य अमर रेग्मीको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको क्षेत्रिय कार्यसमितिको बैठक बाट सिरहा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यका लागि क्षेत्रीय सभापति संजय प्रकाश यादव , नेता गंगाराम यादव , नगर सभापति आशिष लाल यादव समानुपातिक तर्फ योगेन्द्र नारायण बरबरिया महिला तर्फ बिना कुमारी यादवको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति यादवले जानकारी दिए ।

सितादेवी कांग्रेसकी निवर्तमान केन्द्रीय कोषाध्यक्ष हुन् । उनी दोस्रो संविधानसभा सदस्यमा तत्कालीन क्षेत्र नम्बर ३ बाट निर्वाचित भएकी थिइन् । क्षेत्र हेरफेर हुँदा पनि उनी क्षेत्र ३ मै परेकी छन् । तर, सो क्षेत्रबाट केही स्थानलाई काटेर क्षेत्र २ मा मिलाइएको छ । उनी शहीद चन्द्रनारायण यादवकी पत्नी हुन् ।