मधेशटप,संवाददाता । जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा वडा नं. २ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्यूटीमा खटिएको प्रहरी टोलीद्वारा सवारी साधन तथा यात्रुहरु चेकजाँच गर्ने क्रममा अं. १२:३० बजेको समयमा धादिङबाट काठमाण्डौ आउँदै गरेको ना. ४ ख. ९६७४ नं. को बसको ग्यालेरीमा झोला बोकी आएको टिकाराम भट्टराईले बोकी ल्याएको हरियो रङको आर्मी कम्ब्याट खालको झोलाभित्र श्रोत नखुलेको नगद रु.३९,५०,५००।- फेला पारी बरामद गरी व्यक्तिलाई पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेनेमा जिल्ला नवलपरासी बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने बताउने बर्ष २२ को टिकाराम भट्टराई रहेका छन् ।
उक्त व्यक्तिको साथ बाट १- थान मोबाइल ,१- थान हरियो रङको (आर्मी कम्ब्याट) झोलामा नगद रु. ३९,५०,५००।- (उन्चालीस लाख पचास हजार पाँच सय) ।।
उक्त घटनाको सम्बन्धमा प्रकरण मा पक्राउमा परेको निज टिकाराम भट्टराई उपर प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।
Discussion about this post