बर्दिवास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिटको भागबण्डामा सहमती भइसकेको भन्दै बुधबारसम्म कुन क्षेत्र कस्को हो भन्ने निश्कर्ष लाग्ने बताएका छन् ।

महोतरीको विभिन्न कार्यक्रममा सहभागि हुने क्रममा जनकपुरधाममा पार्टीको मधेश प्रदेश कमिटीले आयोजना गरेको नेता कार्यक्रता भेटघाट कार्यक्रममा पत्रकारहरुसंग कुराकानी गर्दा प्रचण्डले गठबन्धनमा सिट संख्याको टुंगो लगाएर कार्यदलले काम गरिरहेको र बुधबारसम्म कुन पार्टीको कुन क्षेत्र भन्ने विषयको पनि टुङ्गो लाग्ने बताए ।

प्रचण्डले आफूहरु सहित गठबन्धनका सबै दल चुनावी तयारीमा जुटिसकेको समेत बताए । नागरिकता विद्ययेक दोस्रो पटक समेत प्रमाणीकरण नगर्ने संविधानमा उल्लेख पनि नरहेको र राष्ट्रपतीलाई सो अधिकार समेत नरहेकाले राष्ट्रपतीले प्रमाणीकरण गर्ने यदि अव पनि नगरेको खण्डमा सो विषय अदालतमा गएर निश्कर्षमा पुग्ने अर्को बाटो रहेको उनले बताए ।

त्यस्तै, प्रचण्डले प्रतिनिधिसभा र प्रदेशसभाको अगामी निर्वाचनमा मधेश प्रदेशमा कुन क्षेत्र जित्ने निश्चित रहेको र कुनमा अलिकती मेहनत गर्दा जित्न सकिन्छ भन्ने लागेको छ भन्ने कुरा नेता कार्यक्रताहरु संग बुझेको बताइएको छ ।

पार्टीले जित्न सक्ने क्षेत्र, त्यसमा गठबन्धनका अन्य कुन दलको मुख्य दाबी छ र सम्भावना के छ ? भन्ने विषयमा बैठक केन्द्रित रहेको नेताहरुले बताएका छन् ।