जनकपुरधाम। महोत्तरीको मनरा शिश्वा जंग्हा खोलामा पुल निर्माणका लागि स्थानीयहरुले १३ वर्षदेखि पर्खि रहेका थिए । सो क्षेत्रबाट निर्वाचित हुँदै आएका नेताहरुले आफू निर्वाचित भएपछि पुल निर्माण गरिदिने प्रतिबद्धता जनाएपनि जनताको आश निराशामा परिणत हुँदै आएको थियो । तर यसवर्षदेखि पुल निर्माणको कार्य शुरु भएको छ ।

मधेश प्रदेश सरकारका पूर्व राज्यमन्त्री एवं प्रदेश साँसद सरोज सिंह कुशाहाको अथक प्रयासले सो पुल निर्माणको कार्य शुरु भएको छ ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं ७ स्थित जंग्हा खोलामा सो पुल निर्माण भएपछि १० हजारबढी जनताको आवात जावतमा सहज हुने स्थानीयहरुले जनाएका छन ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सोमवार सो पुलको सोमवार शिलान्यास गरेका हुन । पूर्व राज्यमन्त्री कुशवाहाको अथक प्रयासले १३ करोडको लागतमा सो पुल निर्माण हुन लागेको बताइएको छ । पुल निर्माणपछि हुलाकी राज्यमार्ग, बर्दिवास सडक खण्ड र जनकपुरधाम आउनेमा स्थानीयहरुको सहज हुने बताइएको छ ।

सोही वडाका अध्यक्ष रामनाथ सहनीको अध्यक्षतामा भएको पुल शिलान्यास कार्यक्रममा मुख्यमन्त्री राउतले मधेस सरकारको लक्ष्य नै ग्रामीण उत्पादनलाई बजारसम्म पुर्याउनु रहेकोमा यो पुलको निर्माण क्षेत्रको बिकाससंग जोडिएको बताएका छन् । पुल निर्माण ठिकेदारलाई समयमै काम पूरा गर्न निर्देशन समेत दिएका छन ।
बि.सं. २०६६÷०६७देखि नै यस क्षेत्रबाट निर्वाचित हुँदै आएका नेताहरुले पुल निर्माण पहिलो प्राथमिकता रहेको भन्दै आफ्ना मत लिंदै आएका थिए । तर निर्वाचन जितेपछि जनतालाई ठगिदै आएको थियो ।

आफू निर्वाचित भएको दिनदेखि नै सो पुल निर्माणका लागि प्रयास गर्दै गरेको र पुल निर्माणमा सफल भएको पूर्व राज्यमन्त्री कुशवाहाले समाचार दैनिकलाई बताएका छन् ।

उनले भने, ‘जनतासँग गरेको प्रतिबद्धता आपूmले पुरा गरेका छौं । तर विकासको कार्यले अहिलेपनि आफू सन्तुष्ट छैन । आफ्नो अधुरो कार्यलाई यस पटक निर्वाचित भएपछि पुरा गर्ने प्रतिबद्धता गर्दछौं ।’
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा पूर्व संघीय स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव, कौशल साह लगायतका व्यक्तिहरुले आफ्ना विचार राखेका छन् ।