महोत्तरी । महोत्तरी जिलाके रामगोपालपुर नगरपालिका अन्तर्गत बर्थिङ्ग सेन्टर एवं विद्यालय भवन निर्माणको शिलान्यास भएको छ।

रामगोपालपुर नगरपालिका वडा नम्बर- १ लक्ष्मिपुर गाउँ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको प्राङ्गनमा नयाँ भवन निर्माणको लागि भूमि पुजन गर्दै शिलान्यास कार्य भएको हो ।

त्यस्तै, एक कार्यक्रमबीच त्यही वडाको बसपिटी गाउँ स्थित स्वाथ्य केन्द्रको प्राङ्गनमा ‘वर्थिङ्ग सेन्टर’को लागि भवन निर्माण कार्यको शिलान्यास गरेका छन् ।

कार्यक्रमका प्रमुखअतिथी पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तथा संघीय सांसद डा.सुरेन्द्र कुमार यादवले गरेका हुन् । पूर्वआन्तरिक मामिला तथा कानून राज्यमन्त्री प्रदेश सांसद सरोज सिंह कुशवाहाले रुपमा संयुक्त शिलान्यास गरेका छन् ।

अतिथिको रुपमा दुबै ठाउँको शिलान्यास समारोहमा रामगोपालपुर नगर पालिकाको नगर प्रमुख रामदुलार साह पनि सहभागि रहेका थिए ।