महोत्तरी ,गौशाला । महोत्तरीको गौशाला नगरपालिकास्थित रहेको गौशाला बहुमुखी क्याम्पस फेरी सञ्चालनमा आउने भएको छ ।
करिब दुई वर्षदेखी बन्द रहेको उक्त क्याम्पस नयाँ भर्नाका साथ यसै वर्षको शैक्षिक शत्रबाट संचालनमा ल्याउन तयारी थालिएको हो ।
बुधवार गौशाला बहुमुखी क्याम्पसका पूर्वअध्यक्ष समेत रहेका मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहको अध्यक्षतामा बसेको बैठकले क्याम्पस सञ्चालनको विषयमा सरोकारवालाहरुसँग छलफल भएको छ ।
बैठकले क्याम्पसको विधान संशोधन गरी मेयर पदेन अध्यक्ष रहने व्यवस्था बनाउने निर्णय गरिएको मन्त्री साहले जनाए ।
उनले बहुमुखी क्याम्पस बन्द हुँदा यस क्षेत्रका विद्यार्थीहरु बाहिर गएर पढ्नुपर्ने बाध्यता रहेकोले यथासक्दो क्याम्पस सञ्चालनमा ल्याउनुपर्ने आवश्यक्तामाथि जोड दिए ।
हालका लागि त्रिभुवन माध्यमिक विद्यालयमै बहुमुखी क्याम्पस सञ्चालन गर्ने तयारी थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश महतोले बताए । ‘अहिले क्याम्पस यही सञ्चालन गर्ने तयारीमा छौं,’ अध्यक्ष महतोले भने ‘पछि गौशालाको राम प्राविलाई त्रिभुवन माविमै गाँभेर त्यो भवनमा बहुमुखी क्याम्पस सञ्चालन गर्ने वातावरण बनाउँछौं ।’
विगतमा दुई शैक्षिक सत्र सञ्चालन भएको बहुमुखी क्याम्पस विवादका कारण बन्द भएको थियो । क्याम्पस सञ्चालनका लागि आयोजित छलफलमा गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतो, माओवादी नेता विजय साह, स्थानीय बुद्धिजीविलगायतको उपस्थिती रहेको थियो ।
Discussion about this post