मधेशटप,संवाददाता । महोत्तरीको मटिहानी नगरपालिकामा कलात्मक टाबर निर्माण गरिएको छ । नगरपालिकाले मटिहानी–जनकपुर सडक खण्डको मटिहानी(प्रतापी मन्दिर) अगाडी निर्माण गरेको हो ।
२० लाखको लागतमा निर्माण भएको उक्त टाबरको बुधवार मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन् । टाबर भित्र सितामाताको प्रतिमा राखिएको छ ।
टाबरको उदघाटन गर्दै मेयर मण्डलले मटिहानीको इतिहास रामायण कालसंग र सितासंग समेत प्रत्यक्ष जोडिएकोले मटिहानीमा सिता माताको प्रतिमालाई विशेष महत्वका साथ स्थापित गरिएको बताए ।
टाबर उद्घाटन कार्यक्रममा वडाअध्यक्षहरु जित नारायण माझी, रितेश साह, शिवशंकर कुमार राय, नाजिर राईन, लोसपाका नगर अध्यक्ष श्याम कुमार मण्डल, राजकिय संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल सहितका विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post