सिराहा : सिराहा नगरपालिका–१३ मल्हनियाँदेखि धनुषाको जनकनन्दनी गाउँपालिका–६ कठाल गाउँ जोड्ने गरी कमला नदीमा झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

एक हजार पाँच सय मिटर लम्बाइको झोलुङ्गे पुल नेपालकै लामो भएको दाबी गरिएको छ ।

यसअघि सबैभन्दा लामो झोलुङ्गे पुल ( एक हजार चार सय ५६ मिटर) कञ्चनपुरको दोधारा चाँदनीस्थि महाकाली नदीमा निर्माण गरिएको छ ।

तराई–मधेसको लाइफलाइन मानिएको हुलाकी सडकअन्तर्गत रहेको कमला पुल २०६८ सालमा निर्माण गर्न पप्पु कन्स्ट्रक्सन र लुम्बिनी विल्डर्सले ठेक्का पाएको थियो ।

काम समयमा नसकाएपछि उक्त कम्पनीविरुद्ध स्थानीयले आन्दोलन समेत गरेका थिए ।

त्यसपछि सपना–उमा एण्ड थानी जेभी बत्तीसपुतलीसँग रु २१ करोड ५१ लाखमा पुल बनाउन गत असारमा सम्झौता गरिएको थियो । निर्माणमा संलग्न इन्जिनियर उपेन्द्र देवकोटाका अनुसार दुई वर्षभित्र निर्माण पूरा गर्ने गरी सम्झौता भएको हो ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा न. ५ उधा गाउँकाे ईन्जिनियर विनोद कुमार मण्डलकाे भिजन सर्भे – माटो परिक्षण देखि झाेलुङ्गे पुल डिभिजनमा विषेश पहलमा बन्न लागेकाे पुल आर्थिक सामाजिक सबै हिसाबले सहयोग गरेको मण्डलले बताए ।