सिरहा  । आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि सप्तरी क्षेत्र न.१ ख समानुपातिक तर्फ बाट साधना बिराजी यादवको नाम सिफारिस भएको छ ।

लोसपा सप्तरी क्षेत्र नम्बर १ का अध्यक्ष राजकुमार चौधरीकाे अध्यक्षतामा भदौ २० गते भारदहमा बसेकाे क्षेत्रीय भेलाले प्रतिनिधि र प्रदेश सभा सदस्यको नाम सिफारिस गरेका छन ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ईमान्दार , समाजसेवी यादव निरन्तर समाजसेवा गर्दै आएकी छन । उनी करिब १२ बर्ष देखि राजनीतिमा सक्रिय रुपले निरन्तर पार्टीको लागि ईमानदारी पुर्वक काम गर्दै आएकी छन । विशेष गरि मधेसी मुलका महिलाहरुलाई राजनीतिको मुलधारमा आउनको लागि प्रेरित गर्दै आएकी बताइन् ।

मधेस आन्दोलनमा पनि सक्रिय रुपमा समाजको हकहितका लागि निरंतर काम गर्दै आएकी छन । प्रदेशसभा सदस्यमा यादवसहित ५ जनाको नाम सिफारिस गरिएको हो ।