जनकपुरधाम । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन अन्तर्गत मधेश प्रदेश अन्तर्गत सिरहा जिल्लाको प्रतिस्पर्धामा एकदमै फरक हुने देखिएको छ ।

नेकपा (माओवादी) सिरहा जिल्ला कार्यसमितिले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट आफ्नो राष्ट्रिय अध्यक्ष पुष्पकमल दहाल “प्रचण्ड“ को नाम प्रत्यक्षबाट सिफारिस गरेको समाचार र खबरहरु सार्वजनिक हुन नपाउँदै जनतान्त्रिक तराई मुक्ति मोर्चाले सिरहा २ बाट प्रचण्डले उम्मेदवारी दिए आफ्नो सचिवालय सदस्य एवं महिला संगठन (जनतान्त्रिक महिला संघ) का राष्ट्रिय अध्यक्षलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

साथै २५००० (पच्चीस हजार) को मतान्तरले आफ्नो उम्मेदवारको विजय सुनिश्चित रहेकोले “प्रचण्ड“ लाई सिरहामा स्वागत सहितको चुनौती नै दिए ।
शनिबार मोर्चाका राष्ट्रिय अध्यक्ष डा. मनोज मुक्ति “विवेक“ (डा. मनोज कुमार झा) ले आफ्नो फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जालमा लेखेका छन् ।

अध्यक्ष डा. मनोज आफ्नो सामाजिक संजालमा यसो लेखेका छन्, “यसपटक चुनौती मात्र होइन है, उम्मेदवारी दिइने पक्का छ । सिरहा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ बाट “प्रचण्ड“ उठने सिरहा माओवादीको सिफारिस सहितको निणर्य सार्वजनिक भएको छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाको तर्फबाट मोर्चाका सचिवालय सदस्य एवं जनतान्त्रिक महिला संघ कि राष्ट्रिय अध्यक्ष श्रीमती नगीना कुमारी झा (स्वतन्त्र उम्मेदवार) उठने पक्का र द्दछ,ण्ण्ण् (पच्चीस हजार) भन्दा अधिक मतान्तरले विजयको सुनिश्चितता समेत गरेका छन्

प्रतिक्रिया!!

सम्बन्धित खबर