जनकपुरधाम । मधेसी समुदायका महिलाले मनाइने जितिया पर्वको अवसरमा लोसपा महिला संघले बुधबार शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरेको छ ।


लोसपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रम गरिएको जितिया समारोहमा उपस्थित हुँदै राजनीतिकर्मी, पत्रकार आदिवासी महिलाको सहभागिता थियो ।

कुनै एउटा समुदाय विशेषको सांस्कृतिक पहिचानको मात्रै सम्मान नगरी बहुसांस्कृतिक र बहुजातीय नेपाली जनताको मनोभावनाको सम्मान गर्दै महिलाको आस्थाको पर्व जितियामा सरकारले सार्वजनिक बिदा दिदै आएका छन् ।

व्रतको पहिलो दिन महिला पोखरी, नदी, जलाशयमा नुहाएर घिरौँलाको पातमा पिना, तेल, मे हन्दी, सिन्दूर, माटोलगायत सामग्री चढाउँदै पूजागरी सो पूजासहितको पातलाई जलाशयमा बगाएर नुहाउने प्रचलन छ ।

व्रतको दोस्रो दिन आँगनमा घिरौँलाको पातमा दही, चिउरा, केरा, सक्खर चढाएपछि यो व्रतको विधिवत् रूपमा उपबास सुरु भएको मानिन्छ ।

पहिलादेखि नै कठोर मानिएका जितिया पर्वको उपबास यस वर्ष पनि कठिन भएकाले लामो समय निराहार बस्न नसक्ने महिलाले आइतबार बेलुकी नियम र श्रद्धापूर्वक फलहार वा जलहार गर्न सकिने शास्त्रमै उल्लेख रहेको मोति झाले बताईन ।

पर्वमा सन्तानको दीर्घायु र परिवारको सुख शान्तिका निम्ति बस्ने विश्वास रहँदैआएको छ । जातीमा छुट्टै जातीय पहिचान र मौलिकता झल्किने गरी अरू भन्दा विशेष रूपमा जितिया पर्व मनाइने उनले बताईन ।


जितियाको अवसरमा जिल्लाको सदरमुकाम राजविराज, कठौना, करमनियालगायत ठाउँमा विशेष महोत्सवको आयोजना हुनेभएको छ । तीन दिनसम्म चल्ने जितिया पर्व यो वर्ष असोज १ गते शनिबारदेखि ३ गते सोमबारसम्म चल्ने बताइएको छ ।

तराईका सबै जिल्लामा मनाइने जितिया पर्वमा मधेस प्रदेश सरकारले गत वर्ष सार्वजनिक बिदा दिएको थियो ।

सो  कार्यक्रममा पार्टीका केन्द्रीय  सदस्य रुकमिनी मण्डल,मधेस प्रदेश सदस्य महा शंकर ठाकुर, सरिता शर्मा ,संजय चौधरी ,सदासिब मिश्र, पूर्व उपमेयर   रिता झा लगायतको  उपस्तिथि  रहेको थियो।